पोखरा नदीपुरमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि मार्बल र दोबा समाजलाई

सुशान्त गाहा मगर, पोखरा न्यूज – १२, असोज । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा सम्पन्न तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधि मार्बल ईन्टरप्राइजेज र दोबा समाजले जितेको छ ।

छन्त्याल समाजको खेलमैदानमा आईतबार सम्पन्न पुरुष तर्फको सेमिफाईनल खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र रातो (आयोजक) लाई १-३ को सेटले हराउदै मार्बलले र महिला तर्फ टीजी गर्लस्लाई १-३ को सेटले हराउदै दोबा समाजले उपाधि जितेको हो ।

पुरुष तर्फ सेमिफाईनल खेलमा मार्बल ईन्टरप्राईजेज बिरौटाले २३-२५, २५-१९, २५-११ र २५-१९ को सेटले आयोजक रातोलाई पराजित गर्याे । च्याम्पियन बनेको ईन्टरप्राईजेजले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५५ हजार ५ सय ५५ प्राप्त गर्याे ।

त्यस्तै महिला तर्फ टिजी गर्लस्लाई १८-२५, २३-२३, १९-२५ र १९-२५ को सेटले पराजित गर्दै बिजेता बनेको दोबा समाजले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजार रुपैया हात पार्याे ।

पुरुष तर्फ उपबिजेता बनेको आयोजक रातोले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझायो । भने महिला तर्फ उपबिजेता बनेको टिजी गर्लस्ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १३ हजार हात पार्याे ।

त्यस्तै भेट्रान्स तर्फ बिजेता र उपबिजेता बनेको रामबजार र पृथ्वीचोकले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित खशी प्राप्त गर्याे भने उत्कृष्ट खेलाडीको रुपमा रामबजार भेट्रान्सका बल बहादुर श्रेष्ठ पुरस्कृत भए । पुरुष तर्फ सर्बाेत्कृष्ट खेलाडीको रुपमा मार्बल ईन्टरप्राईजेजका अमृत केसी घोषित भए ।

सोही क्लबकै कमल सुनार उत्कृष्ट ब्लकर, दिपक थापा उत्कृष्ट डिफेण्डर, मिलन राना उत्कृष्ट सेटर, याम क्षेत्री उत्कृष्ट क्वीकरको रुपमा पुरस्कृत भए भने उदीयमान खेलाडीको रुपमा अयोजकका प्रितम गुरुङ, सुजन चोपाल उत्कृष्ट सर्भर, किरण गुरुङ उत्कृष्ट स्पाईकरको रुपमा घोषित हुदै पुरस्कृत बने ।

त्यस्तै प्रतियोगिताबाट महिला तर्फ सर्बाेत्कृष्ट खेलाडीको रुपमा दोबा समाजकी कल्पना छन्त्याल पुरस्कृत बनिन । सोही समाजकै सस्मी पुन उत्कृष्ट स्पाईकर, निरु पुन उत्कृष्ट सेटर, रस्मिता दुरा उत्कृष्ट डिफेण्डर, रेखा राना उदीयमान खेलाडीको हकदार बनिन भने टिजी गर्लस्की सनिशा रानाले उत्कृष्ट सर्भरको रुपमा घोषित भए ।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशिल युवा क्लबका केन्द्रीय अध्यक्ष दिपक थापा तथा आयोजक संस्थाका महासचिब अशोक थापा लगायतले पुरस्कार बितरण गरेका थिए ।

सोही बिचमा मृगौला पिडित सुरज गुरुङको उपाचारका लागि प्रतियोगिता अवधिभर टिकटमार्फत संकलित ८६ हजार रुपैया आयोजक संस्थाका अध्यक्ष मनोज खड्काले अभियन्ता अनु गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button