लाखौं प्रयोगकर्तालाई प्रभाव पार्ने आइफोनको नयाँ चेतावनी

पोखरा न्यूज – १३, असोज । आफ्ना लाखौं प्रयोगकर्तालाई प्रभाव पार्ने गरी आइफोनले नयाँ चेतावनी दिएको छ । आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्सका प्रयोगकर्तामा जारी गरिएको चेतावनी अनाधिकृत डिस्प्लेसँग सम्बन्धित रहेको छ ।

चेतावनी अनुसार एप्पल सर्टिफाइड टेक्निसियन र एप्पलको सक्कली डिस्प्लेबाहेक अन्य तेस्रो पार्टीले निर्माण गरेको डिस्प्ले प्रयोग गरे अब आइफोनमा डिस्प्ले भेरिफाई गर्न असमर्थ रहेको सन्देश देखिने छ । अर्थात अब तेस्रो पार्टीले निर्माण गरेको डिस्प्लेलाई आइफोनले सपोर्ट गर्नेछैन ।

आइफोनको सक्कली डिस्प्ले उच्चतम स्तर र उत्कृष्ट प्रदर्शनका लागि सफ्टवेयरसँग जोडिएको हुनाले अनाधिकृत डिस्प्ले प्रयोग गर्दा बेमेल भएर राम्रोसँग काम नगर्ने आइफोनको दाबी छ । त्यस्तै अनाधिकृत डिस्प्लेको प्रयोगले ब्राइट्नेस, कलर र ब्याट्रीसम्बन्धि समस्या आउने पनि आइफोनले उल्लेख गरेको छ ।

आइओएस १३ सार्वजनिक भएसँगै थुप्रै झमेलामा परेको एप्पलको नयाँ अपरेटिङ सिस्टममा सुरक्षा संवेदनशीलताको प्रश्नहरु उठेका थिए र लाखौँ आइफोन ह्याक समेत भएको जनाइएको थियो । यसै सन्दर्भमा आइफोनको यस निर्णयले आइफोन प्रयोग अब अझ झन्झटिलो र महँगो हुने देखिन्छ ।

जेनुइन डिस्प्लेको मुल्य महँगो हुनेछ र प्रतिस्थापन खर्च पनि बढ्नेछ । त्यस्तै आइफोनको आधिकारिक बिक्रेता नभएको अवस्थामा मर्मत अझ कठिन हुनेछ । आइफोनले यस अघि पनि आफै वा तेस्रो पार्टीसँग ब्याट्री र टच फेर्दा यस्तै सिस्टम इरर हुने प्रणाली बनाएको थियो ।

यस्तो रवैया एप्पलको एप्पल आफैू नीतिलाई बढावा दिन अघि ल्याएको बुझ्न सकिन्छ । मुख्य रुपमा चीनमा बन्ने सस्ता डिस्प्लेलाई यस नीतिले प्रभावित पार्ने देखिन्छ । हाल एप्पलको आइफोन ११ को डिस्प्लेको मुल्य १ सय ९९ डलर, ११ प्लसको २ सय ७९ डलर र ११ प्लस प्रोको ३ सय २९ डलर रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button