पुरुष भलिबल प्रतियोगिताको उपाधि रेडियो अकलालाई

पोखरा न्यूज-२७, असोज । स्टार युवा क्लब जैमानी ६ बाग्लुङ्गको आयोजनामा सम्पन्न भएको पुरुष तथा महिला भलिबल प्रतियोगिता अन्तरगत पुरुष तर्फ को उपाधि रेडियो अकला पोखरा-१६ लामाचौरले जितेको छ ।  आइतबार सम्पन्न भएको फाइनल खेलमा रेडियो अकलाले आयोजक स्टार युवा क्लबलाई पराजित गर्दै उपाधि जितेको हो ।

त्यसै गरी महिलातर्फ जनप्रिय क्लब बोह्र प्रथम, सृजनशील क्लब छिस्ती दृतिय र सहर क्लब अर्जेवा तेस्रो भयो । विजेता खेलाडीहरुको टोलीलाई जैमिनी ६ का नेकपा नेता बल बहादुर राना, वडा महिला सदस्य मिना राना, क्लबका अध्यक्ष जिबलाल श्रीसले पुरस्कार वितरण गरेका थिए ।

क्लबको १३ औ बार्षिकोत्सवको अबसरमा आयोजना भएको प्रतियोगिता असोज २२ देखि २६ सम्म चलेको हो । युवाहरुको शान, युवाहरुको मान, समाज निर्माणमा आम युवाहरुको बलिदान भन्ने उद्देश्य का साथ स्थापना भएको उक्त क्लबले बचत गरेको रकमबाट अर्जेवा स्थित करिब ५ वटा बिद्यालय लाई छात्रवृत्ति प्रदान गरिरहेको क्लवका राजेश नेपालीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button