प्रधानमन्त्रीले बोलेका कुरामा मिडियाले खिसिट्युरी गर्नु भएन : मुख्यमन्त्री गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – २८, असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले देशको आर्थिक विकास र समृद्धिको लागि मिडियालाई सकरात्मक भूमिका खेल्न आग्रह गरेका छन्।

पोखरा चेम्बर अफ कमर्श कास्कीले मंगलबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले समृद्ध नेपाल सुखी नेपालीको नारा सफल पार्दै देशको आर्थिक विकास र समृद्धिको लागि मिडियालाई सकारात्मक हुन आग्रह गरेका हुन् ।

उनले भने “ चिनियाँ राष्ट्रपति सि जिनफिङले बोलेको कुरा सिंगो राष्ट्रयले मान्य गर्छ तर हाम्रा प्रधानमन्त्रीले बोलेका कुरामा हाम्रा मिडियाले खिसिट्युरी गर्ने, नकरात्मक ढंगले चर्चा गर्ने, अब यसो गर्नु भएन । देशको आर्थिक विकास र समृद्धिको लागि सवैले साथ सहयोग गर्नु पर्यो, सवैले सकरात्मक ढंगले सोच्नु पर्यो । ” नेपालमा अन्य देशको तुलनामा धेरै संघ संगठन भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले धेरै नेपालीहरु बैठकमै दिन बिताउने गरेको जनाए । दिगो विकासको लक्ष्य प्राप्तीको लागि सवै हिसाबले अघि बढ्नु पर्ने उनले जनाए ।

गण्डकी प्रदेशका विकास समितिका सभापति दिपक कोइरालाले समृद्ध नेपाल, सुखि नेपालीको नारालाई सार्थक पार्न निजी क्षेत्रले सरकारसँग सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए । प्रदेश सांसद कृष्ण थापाले नेपालको आर्थिक समृद्धिमा चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष यदुनाथ अधिकारीले कृषिमा बिचौलीयाको ठुलो समस्या रहेको दाबी गरे । उनले भने “११ रुपैयाको एक बोतल मिनिरल वाटर पानी बजारमा २५ रुपैयामा बिक्रि भएको छ, अब यसलाई कसले नियन्त्रण गर्ने । ”

पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत ११४० र छठ पर्व २०७६ को अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीले मंगलबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको चेम्बरका वाणिज्य तर्फका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेमबहादुर भुजेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button