कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने

पोखरा न्यूज – २९, असोज ।  ट्राफिक प्रहरीले कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो । यस सडक आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मर्मत कार्य सम्पन्न हुँदैछ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सडक मर्मत कार्य भइरहेकाले लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण चालकलाई आग्रह गरेको बताए  । सडक मर्मतसँगै दुवैतर्फ सवारी चल्ने भएकाले आवतजावतमा समेत सहज हुने महाशाखाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button