उत्तर कोरियाली सर्वोच्च नेता किमले दिए उत्तेजक संकेत, अमेरिकी प्रतिबन्ध विरुद्ध लड्ने वाचा

पोखरा न्यूज – २९, असोज । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी प्रतिबन्धविरुद्ध डटी लड्ने वाचा गरेका छन् ।

उत्तर कोरियाको पवित्र माउण्ट पाएक्टुमा सेतो घोडामा चढेको तस्वीरसँगै आएको उत्तेजनात्मक अभिव्यक्ति अर्थपुर्ण रहेको जनाइएको छ ।

कोरियाको आधिकारिक सञ्चार माध्यममा घोडा चढेर हिउँले ढाकिएको माउण्ट पाएक्टु चढ्दै गरेको देखिएका किमको उक्त तस्वीर अमेरिकासँगको आणविक वार्ताको समयसीमा नजिकिदै गर्दा आएकाले अर्थपूर्ण मानिएको हो ।

साथै यसअघि पनि किम २०१३ मा आफ्ना शक्तिशाली काका जाङ्ग सोङ्ग थाएकलाई मृत्युदण्ड दिँदा होस् वा सन् २०१८ मा सोल र वाशिङ्ग्टनसँग कुटनैतिक सम्बन्ध स्थापित गर्ने जस्ता महत्त्वपूर्ण निर्णयहरु लिँदा पनि उक्त माउण्ट पाएक्टु चढेको तस्वीरहरु सार्वजनिक भएका थिए ।

सात दशकदेखी उत्तर कोरियामा शासन गर्दै आएको किम परिवारको राजनीतिक इतिहासमा सेतो घोडा प्रोपोगन्डाको संकेतको रुपमा रहिआएको छ ।

भियतनाममा भएको दोस्रो शिखर वार्तामा उत्तर कोरियाको माग अमेरिकाले पूरा नगरेपछि कुनै सहमति भएको थिएन भने जुनमा भएको अनौपचारिक भेटमा वार्ता पुनः सुचारु गर्ने निर्णय भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button