पोखरामा ‘किन म’ चलचित्रको च्यारिटि सो सम्पन्न

आर.आर. पौडेल, पोखरा न्यूज- ०३, कार्तिक । नेपाली कथानक चलचित्र ‘किन म’ को पोखरामा विशेष च्यारिटि सो गरिएको छ । क्यानडा टोरेन्टो फिल्म फेस्टिभल २०१९ मा नेपालबाट छानिएर प्रर्दशन भएको सडक बालबालीकाहरुको शिक्षा सहयोगार्थ शनिबार पोखरामा विशेष च्यारीटि शो गरिएको हो ।

मिडटाउन ग्यालरीया सभागृह पोखरामा प्रर्दशन भएको चलचित्रकी नायिका जयन्ति मोत्तानले चलचित्र सामाजिक परिवेशमा बनेको बताइन् । समाजमा रहेको जातित्व छुवाछुत, सडक बालबालिका र शिक्षालाई प्रष्ट देखाउन खोजेको उनको भनाइ थियो ।

कलाकार तथा मोडल प्रशान्त ताम्राकारले सामाजिक परिवेशको कथामा निर्माण भएको भन्दै चलचित्रको प्रशंसा गरे । गण्डकी प्रदेशका प्रदेश सासंद विन्दू कुमार थापाले सडक बालबालिकाको सहयोगार्थ कार्यक्रम आयोजना भएकोले सबैले साथ दिनुपर्ने बताए । उनले पोखरामा सडक बालबालिकाको अवस्था दयनिय रहेको बताए ।

 

सडक बालबालिकाहरुकै कथामा निमार्ण भएको उक्त चलचित्र उनिहरुकै शिक्षाको सहयोगार्थको लागि प्रर्दशन गरिएको निर्माण पक्षले जनायो ।चलचित्रमा जयन्ती मोक्तान, महेश थापा बालकलाकारहरु दिक्षन्त लिम्वु, मनिश मानन्धर र प्रशान्त लिम्वुको मुख्य भुमिका रहेको छ । नायिका जयन्ती मोक्तानको डेव्यु चलचित्र हो । मोत्तान मिस तामाङ पोखराका संयोजक, बैदाम तामाङ सेवा समाजका कोषाध्यक्ष एवं नेपाल तामाङ सांस्कृतिक घेदुुुङ कास्कीका उपाध्यक्ष समेत हुन् ।

चलचित्र संग्राम तामाङको निर्देशन गरेको हुन् । बिमल राईको कथा रहेको चलचित्रमा महेश थापा, विमल राई र आशीष लामाले संयुक्त लगानी गरेका छन् । चलचित्र सडक बालबालिका हरुको आत्मा कथामा आधारीत रहेको छ । चलचित्रले मानव जीवनमा शिक्षाको आवश्यकता कतिको हुन्छ र हाम्रो नेपाली समाजमा शिक्षाले खेल्ने भुमिका बारे प्रष्ट पारेको निर्माण पक्षले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button