पोखरामा दिपावली सांगीतिक साँझ हुँदै

आर.आर. पौडेल, पोखरा न्यूज -०७, कार्तिक ।  ड्यामसाइड क्लबले कात्तिक ८ गते शुक्रबारको दिन पांचौ दिपावली सांगीतिक साझ २०७६ आयोजना गर्ने भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको यस क्लबले पोखरा महानगरपालिकाको ‘एक वडा एक खेलकुद मैदानको अवधारणा’ र ‘ड्यामसाइड क्लबको अभियान, खेलकुद मैदान निर्माण’ भन्ने उद्देश्य अनुरुप कार्यक्रम गर्न लागेको हो ।

पोखराको ड्यामसाइडमा हुने कार्यक्रमको तयारी पूरा भएको क्लबका अध्यक्ष पदमबहादुर ढकालले जनाए । कार्यक्रम शुक्रबार दिउंसो ३ बजेदेखि राती १० बजेसम्म चल्नेछ ।

साँँगीतिक कार्यक्रममा चर्चित गायक कुलेन्द्र बिक सहित उमेश राई, फुलन्देकी आमा, नौलो बिहानी, संगम सांस्कृतीक कला केन्द्र स्थानिय कलाकारको प्रस्तुती हेर्न पाइनेछ । साँगीतिकम कार्यक्रमबाट वचत भएको रकम खेलकुद मैदान निर्माणमा खर्च गरिने क्लवका महासचिव किर्तिबल्लभ त्रिपाठीले बताए ।

कार्यक्रम गर्न करीब ७ लाख २० हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । कार्यक्रमको लागि विदेशमा रहने स्थानियवासी, ड्यामसाइड क्लबसंग आबद्ध सदस्य शुभचिन्तक, स्थानिय संघसंस्था, पर्यटन व्यवसायी लगायतबाट सहयोग प्राप्त हुने आयोजकको अपेक्षा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button