पोखरा न्यूज – ०७, कार्तिक । पोखरामा सुन पसलको ३३ तोला सुनसहित एक भारतीय युवक वेपत्ता भएका छन् ।
भारत कलकत्ता घर भई पोखरा -९ न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिमा काम गर्ने ३६ बर्षीय रञ्जन राजवंशी बुधवार दिउसो ३३ तोला सुनसहित सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ ।
प्रालिबाट ३३ तोला सुन लिएर पोखरा-८ सिर्जनाचोकस्थित गहना बनाउने ठाँउमा हिडेका राजवंशी सुनसहित सम्पर्क बिहिन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
घटनाका विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।