अस्ट्रेलियाली खेलाडी ग्लेन म्याक्सवेलद्वारा क्रिकेटबाट बिदा लिने घोषणा

पोखरा न्यूज – १४, कार्तिक । अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट बिदा लिएको घोषणा गरेका छन् ।

क्रिकेट अस्ट्रेलियाका अनुसार श्रीलंका विरुद्ध जारी टी २० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् । छोटो फर्म्याट खेलमा अत्यन्त सफल र आक्रामक खेल कौशल देखाउन सक्षम म्याक्सवेलले आफ्नो पहिलो टि-ट्वान्टी खेलमा २८ बलमा ६२ रन बनाएका थिए ।

क्रिकेट अस्ट्रेलियाका मनोविज्ञ माइकल लोयडले एक वक्तव्य जारी गर्दै ग्लेन म्याक्सवेलमा मानसिक स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखिएको पुष्टी गरेका छन् । उनले त्यही कारण केही समय ग्लेनले क्रिकेटबाट बिदा लिन चाहेको बताए ।

ग्लेन म्याक्सवेलको स्वास्थ्य परीक्षण र विश्राम पश्चात् उनले घरेलु टिम भिक्टोरियाबाट पुनः खेल्न सक्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button