५० यात्रु बोकेर काठमाण्डौतर्फ जादै गरेको बस दुर्घटना, ३ जनाको मृत्यु

पोखरा न्यूज – १४, कार्तिक । नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ जादै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस आज दिउँसो काठमाण्डौतर्फ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीका प्रमुख आङकाजी शेर्पाले जानकारी दिए । ओरालोमा अनियन्त्रित भई बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो ।

बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको यकिन सङ्ख्या र मृतकको पहिचान खुलेको छ्रैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button