चीनमा आजदेखि फाइभ जि शुरू

पोखरा न्यूज-१५, कार्तिक । चीनका तीन सरकारी टेलिकम कम्पनीहरुले (आज) शुक्रबार देखि फाइभ जि मोबाइल नेटवर्कको सुरूआत गर्ने भएका छन् । चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले शुक्रबार देखि लागू हुने गरि फाइभ जि योजनाहरु सार्वजनिक गरेका हुन् ।

चिनियाँ अधिकारीहरुले ५० हजार फाइभ जि बेस स्टेसनमार्फत चीनको ५० सहरमा यसै वर्षको अन्त्यमा फाइभ जि सेवा उपलब्ध गराउने जनाएका छन् । यसमा बेइजिङलगायत साङ्घाई, ग्वाङ्जाउ र हाङ्जोउलगायतका सहरहरु पर्नेछन् । चीनमा फाइभ जि नेटवर्क विस्तार भएसँगै त्यसै अनुसारको मोबाइल र उपकरण निर्माण गर्न हुवावे र शाओमीलगायतका कम्पनी लागि परेका छन् । शाओमीले फाइभ जि नेटवर्कलाई मध्यनजर गर्दै १० फाइभ जि फोन सार्वजनिक गर्ने घोषणा गरिसकेको छ ।

अमेरिकाले चिनियाँ कम्पनी हुवावेलाई अमेरिकामा प्रतिबन्ध लगाएपछि चीनले फाइभ जि नेटवर्क घोषित मिति भन्दा पहिल्यै सार्वजनिक गर्नुलाई अर्थपूर्ण मानिएको छ । अमेरिका र चीनको प्रविधिको दुनियाँमा भइरहेको जुँगाको लडाइँमा फाइभ जिले मुख्य भुमिका खेल्ने मानिएकोमा चीन यससँगै एक कदम अघि बढेको छ ।

फाइभ जि नेटवर्क सार्वजनिक गरिएतापनि फाइभ जि अहिलेको फोर जि भन्दा केही महँगो हुनेछ । चीनमा फाइभ जि चलाउन मासिक रुपमा २ हजार रुपैयाँ जति तिर्नुपर्नेछ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button