पोखरा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक हजार चार सयले बढेर एक लाख ३७ हजार दुई सयमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३५ हजार आठ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार एक सय ५० मा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार छ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार चाँदी तोलाको एक हजार छ सय ५५ मा कारोबार भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution