पाेखरा। आज विश्व हाँसो दिवस । भारतको मुम्बईका डाक्टर मदन कटारियाको पहलमा सन् १९९८ देखि मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउन लागिएको हो ।
उनको पहलमा हाँसोमा आधारित योगामार्फत हाँसो दिवस मनाउन सुरु गरेका हुन् । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो ।
यस्तो छ हाँस्नुको फाइदा
हाँस्नु आफैमा यस्तो उपचार विधी हो, जसले हामीलाई शारीरिक र मानसिक रुपले स्वस्थ्य बनाउँछ । ताजा महसुष गराउँछ । स्फूर्ति बढाउँछ । सकारात्मक भावना जागृत गराउँछ ।
हृदय एवं मुटुको व्यायाम
हाँस्दा हाम्रो मुटुको व्यायाम हुन्छ । रक्त प्रवाह राम्ररी हुन पाउँछ । हामीले हाँसेको बेला शरीरले एन्डोफिर्न रसायन पैदा गर्छ, यसले हृदयलाई बलियो बनाउन सहयोग गर्छ । हाँस्ने बानीले हृदयघातको खतरा कम हुन्छ ।
शरीरमा अक्सिजन पुग्छ
जब हामी धक खोलेर हाँस्छौ, शरीरमा पर्याप्त अक्सिजन पुग्छ । यहि अक्सिजनको उपस्थितीले क्यान्सर कोशिका र हानिकारक व्याक्टेरिया नष्ट हुन्छ । साथसाथै प्रतिरक्षायन्त्र समेत मजबुद हुन्छ ।
प्रशन्न मन
यदि बिहान उठेर हास्य ध्यान योग गरियो भने दिनभर प्रशन्न रहन सकिन्छ । हास्य योगले हाम्रो शरीरमा केहि प्रकारका हर्मोन स्राव हुन्छ, जसले मधुमेह, कम्मर दुखाई एवं तनाव जस्ता समस्या आउन दिदैन ।
सकारात्मक उर्जा प्रवाह
तपाई आफैले अभ्यास गर्नु सक्नुहुन्छ, मज्जाले हाँसेपछि शरीरमा स्फूर्ति बढ्छ । सकारात्मक उर्जा प्रवाह हुन्छ ।
मोटोपन नियन्त्रण
मस्त हाँस्ने अभ्यासले तपाई मोटोपनको शिकार हुनुपर्दैन । किनभने दिनमा एक घण्टा हाँस्नुहुन्छ भने, तपाईको चार सय क्यालोरी उर्जा खपत हुन्छ । यसले मोटोपन नियन्त्रण गर्न सहयोग गर्छ ।
कसरी हाँस्ने ?
हाँस्नका लागि ठूलो बाहाना चाहिदैन, तर मुड भने बनाउनुपर्छ । यसका लागि तपाई चाहे चुट्किला पढ्नुहोस् वा फन्नी फिल्म हेर्नुहोस् । बच्चासँग उन्मुक्त खेल्नुहोस् । आफ्ना पार्टनरसँग ठट्टा गर्नुहोस् ।
कति कुरालाई हल्का तर रमाइलो ढंगले प्रस्तुत गर्ने अभ्यास गर्नुहोस्, जसले हाँस्ने माहौल तयार गर्छ । कहिले कहि मूर्खतापूर्ण प्रश्नहरु गरेर पनि हाँस्न सकिन्छ । तपाईको साथी सर्कल, पारिवारिक वातावरण हँसमुख भए अझ उत्तम हुन्छ । -एजेन्सीको सहयोगमा
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution