बेलायतको क्रिकेट क्लबले पोखराका ५ विद्यालयमा क्रिकेट अभ्यास पिच निर्माण गर्ने

पोखरा न्यूज – २६, कार्तिक । बेलायतको मेरीलिबोन क्रिकेट क्लबको आर्थिक सहयोगमा पोखराका ५ विद्यालयमा क्रिकेट अभ्यास पिच निर्माण हुने भएको छ ।

क्लबको आर्थिक सहयोग तथा किडाशा पोखरा कार्यालयको प्राविधिक सहयोगमा नजिकका अन्य १० विद्यालयका विद्यार्थीहरुले अभ्यास गर्न पाउने गरि पोखराका ५ विद्यालयमा अभ्यास पिच निर्माण गर्ने समझदारी भएको बालहितकारी परियोजनाका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए ।

पिच निर्माण हुने  ५ वटा तथा अभ्यास गर्न पाउने १० सहित १५  वटै विद्यालयलाई क्रिकेट खेल सामग्रीहरु प्रदान गर्ने गरि  बालहितकारी परियोजनाले ‘ब्रेकिङ बाउन्ड्रीज’ नामको परियोजना निर्माण गरेर अघि बढेको बालहितकारी परियोजनाका अध्यक्ष पहारीले जनाए ।

परियोजनाको सोमबार पोखरा महानगर प्रमुख मानबहादुर जिसीले पोखरा स्थित बाराही माविको खेल मैदान उद्घाटन गरि सुरुवात गरेका हुन् । परियोजना अन्तर्गत पोखराका थप  ४ सरकारी विद्यालयमा अभ्यास पिच निर्माण हुनेछ ।

बालहितकारी परियोजनाका अध्यक्ष पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेरीलिबोन क्रिकेट क्लबका क्याप्टेन एवी कार्टर, किडाशा प्रमुख कार्यकारी अधिकृत जानिस मिलर, बाराही माविका प्रधानाध्यापक शिवराज भण्डारी लगायतले मन्तब्य राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button