बलात्कारको अभियोगमा ८० वर्षिय वृद्ध पक्राउ

पोखरा न्यूज -०७, मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षिय दिलबहादुर गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button