अफगानिस्तानमा ६.१ म्याग्च्यिुडको भूकम्प, भारत र पाकिस्तानमा पनि धक्का महशुस

पोखरा न्यूज – ०४, पुष । अफगानिस्तानमा शुक्रबार अपरान्ह् ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले शुक्रबार जनाएको छ ।

भूकम्पको धक्का दक्षिण एशियाली मुलुकहरू अफगानिस्तान, पाकिस्तान र भारतमा महशुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दू अफगानिस्तानको उत्तरी राज्य बदखासनको जुर्मबाट ५१ किलोमिटर दक्षिणपश्चिममा २०० किलोमिटरको गहिराईमा रहेको विभागले जनाएको छ ।

स्थानीय समय अनुसार साँझ ५ः१५ बजे अफगानिस्तानको राजधानी काबुल, पाकिस्तानको इस्लामावाद, भारतको नयाँ दिल्लीलगायतका स्थानमा भूकम्पको धक्का केही सेकेण्ड गरिएको थियो ।

भूकम्पपछि ठूला भवनहरूमा काममा व्यस्त स्थानीयहरूबीच भागदौड भएको थियो । भूकम्पबाट कुनै क्षति भएका सूचना समाचार तयार पार्दासम्म प्राप्त भैसकेका छैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button