पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

पोखरा न्यूज – ०५, पुष । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ ।

त्यस्तै मौसमविद्का अनुसार तराईमा बाँक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ । चिसोले तराईको जनजीवन कष्टकर बनेको छ । हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो लागेको छ । पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी -हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ । आइतबार देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ । त्यस्तै आज धनगढीको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button