सुमो दुर्घटना हुँदा ३ को ज्यान गयो, ५ घाइते

पोखरा न्यूज -११, पुष ।   मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् ।

चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३ सय मिटर तल खसी आज दुर्घटना भएको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button