देशभर तापक्रम घट्यो, जुम्लामा माइनस ६ डिग्री सेल्सियस

पोखरा न्यूज – १२, पुष । केही दिनदेखि देश भरिको तापक्रम निरन्तर घट्दै गइरहेको छ । काठमाडौँ, पोखरासहित देशका मुख्य सहरमा चिसो बढेको छ भने जुम्लाको तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ।

काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ जुन उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । शुक्रबार उपत्यकाको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले बताए ।

त्यस्तै पोखराको तापक्रम आज अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री रहेको छ । दिउँसोपख भने घाम लाग्ने भएकाले दिउँसोको तापक्रम नघट्ने मौसमविद्को भनाइ रहेको छ ।

चिसो बढेकाले मौसम पूर्वानुमान महाशाखाले आगमाी २४ घण्टाको चेतावनी तथा परामर्श जारी तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु-कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै दिपायल, धनगढी र डडेधुराको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । पोखराको तापक्रम ३.६, सिमराको ५.५, ओखलढुङ्गाको ३.० डिग्री सेल्सियस मापन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button