सबैले साथ छाडेका आयुषको संघर्ष : जिरोबाट शुरु, २४ जनालाई रोजगार, लगानी १ करोड

राजाराम पौडेल, पोखरा न्यूज – १४, पुष । पोखराको ग्रैहापाटनमा स्टेशन द फुड क्लब एण्ड ससेज पार्क प्रालि रहेको छ । जहाँ खाजा खान युवा युवतीको बढी भिड लाग्छ । यसका सञ्चालक हुन् आयुष श्रेष्ठ । उमेरले ३५  पुगेका सञ्चालक आयुष आफै खटिन्छन् । त्यहाँ पुग्ने ग्राहकलाई मिठा परिकार चखाउदै मन जित्ने उनको धुन हुन्छ । किचनमा आफै खटिन्छन् । कतिपय अवस्थामा ग्राहकलाई बनेका परिकार आफै पुर्याउँछन् । यहाँ उनीसँग परिचित अनुहार बढी पुग्छन् । किनभने आयुष यो अवस्थासम्म आईपुग्दा विभिन्न आरोह अवरोध पार गरेका छन् । सर्घषका क्रममा उनले कती कुरा प्राप्त गरे, कति कुरा गुमाए । त्यसैले पनि उनका चिनजानका व्यक्ति धेरै छन् ।

तनहुँको कलेस्तीमा जन्मिएका आयुषको बाल्यकाल वर्दियामा बित्यो । बुबाले दुई वटा श्रीमती विवाह गरेको कारण उनलाई पारिवारिक सर्पोट भएन । बाल्य अवस्थामानै अर्काको घरमा भाडा माझ्ने, कपडा धोइदिने आदी काम गर्थे । त्यहि घरमा काम गर्ने, अनि त्यहि बस्ने गर्थे । फुर्सदको समयमा अध्ययन । नुन सँग भात खानु, चुडिएको पुरानो चप्पल किन्न नसकेर प्लाष्टिकले बाधेर लगाउनु उनका लागि नौलो भएन । काम लगाउने व्यक्तिले भने आफ्नो छोरा जस्तो माया गर्थे ।

उनी २०५७ मा प्रवेशिका परिक्षा उत्रिर्ण भए । अध्ययन गर्दै काम गर्ने साचे बनाएर उनी पोखरा आए । पोखराको जनप्रिय क्याम्पसमा  भर्ना भए । दिदि भिनाजु पोखरामा भएको कारण केहि सहज भयो उनलाई  । प्रमाणपत्र तह अध्ययन पश्चात उनी विदेश जाने निचोडमा पुगे । दिदि भिनाजुको सहयोगमा कतार त उडे । तर छातिमा दाग देखिएको कारण एक महिनामानै कतारबाट फर्कनुपर्यो  ।
फेरी दूई महिनापछि दुबई गए । पानीजहाजमा काम गुर्नुपथ्र्यो । चिसोका कारण काम गर्न सकेनन् । अनि दुई महिना मै फर्किए । अब उनको विदेश जाने चाहना भएन् । स्वदेश मै केहि गर्ने इच्छा जाग्यो । जे जस्तो काम पाएपनि गर्छु भन्ने सोच उनले बनाएका थिए । उनी गाडीमा खलासी काम गर्ने भन्दै काम खोज्न थाले । फेरी भाडा माझ्न फुलवारी रिर्सोटमा जाने सोच बनाए । तर पछि पोल्टी फर्ममा काम पाए । ४ महिना काम गरे । त्यसपश्चात एक वर्ष सम्म पुल हाउसमा काम गरे । पछि दिदिको होटलमा काम गरे ।

दिदि बालकुमरी श्रेष्ठ र भेना धुव्र श्रेष्ठको सानो होटल र फ्रेस हाउस थियो । काम सिक्ने मौका पनि पाए । उनले सञ्चार क्षेत्रमा समेत काम गरे । शुरुमा पोखरा प्लस टिभिमा केहि समय काम गरे । पछि हिमचुली एफ एममा आरजे बने । त्यहि समयमा पोखराको सिर्जनाचोकमा भेरी फ्रेस हाउस सञ्चालन गरे । बुबा वर्दियामा भएको कारण त्याहाँ बाटै खसी ल्याउन भनी ६० हजार रुपैयाँ उनले पठाए । तर पछि बुबाले पैसा हराए भने । ऋण खोजेर पठाएको पैसा गुमेपछि उनले व्यवसाय नै छोडे । अनि पोखरा एफ एममा कार्यक्रम चलाउन थाले । एफ एममा साँझ कार्यक्रम चलाएपछि साथी उनीहरु खाजा खान निस्कन्थे । त्यतिबेला पोखरामा पृथ्वि गुरुङले ससेज व्यापार शुरु गरेका थिए । उनको काम गर्ने सन्दिप लामा आयुषको साथी थिए ।

 

अनि उनीहरुले मिलेर ससेजको व्यापार गर्ने सोच बनाए । अनि ठेलाबाट ससेज तथा आलुका परिकार बेच्न शुरु गरे । आफुले काम गर्ने पोखरा एफ एमकै अगाडी ठेला राखेर ससेज उनले बेच्थे । पोखरा एफ एमको आयुषले ससेज बेच्छ भन्दै हल्ला हुन थाल्यो । श्रोता समेतले थाहा पाए । तर आयुषले लाज मानेनन् । ‘काम गर्न के को लाज । मलाइ त खुशी लाग्थ्यो । बरु मलाई चिन्दा रहेछन् भन्ने लाग्थ्यो’ उनी भन्छन् । पछि ठेलाबाट सटरमा उनको व्यवसाय सर्यो ।

१ लाख १० हजार लगानी भएको थियो । सन्दिपको अनुभव र आयुषको रिलेसनले काम गर्यो । साथी सन्दिपले पैसा पुरा हालेनन् । पछि आयुषले मात्र  पसलमा लगानी गरे । सन्दिप लामासँग पार्टनर सिपमा शुरु भएको व्यापार एकल बनाए । आफुले चलाउने कार्यक्रमकै नामबाट स्टेशन फुड क्लब नाम राखे । पोखरामा स्टिक फुड भित्राएका सन्दिप लामा भने अमेरिकामा रेष्टुरेन्ट खोलेर बसेका छन् ।

आयुषको व्यापार बढ्दै गयो । घरभेटी कपिलनाथ कोइरालाले थप ६ वटा सटर बनाइदिए । व्यवसायबाट नै घर तथा गाडी जोड्न सफल भए । तर यो अवस्था लामो समय सम्म रहेन । उनको व्यहार बिग्रियो । उमेरका कारण, साथीहरुको संगतका कारण उनको व्यवहार अधोगती लाग्यो । लाख, लाख व्यापार गर्दापनि पुग्थेन । साथी भाइको लागि सहयोग गर्न तयार रहने अरुको राम्रो सोच्ने सोचले झनै बिगार्यो । ‘साथीभाई चिन्नुपर्दो रहेछ, संगतले पनि बिग्रिए’ बिगत सम्झदै उनले भने । उनलाई पारिवारिक सर्पोट थिएन् । श्रीमतीसँग सम्बन्ध विच्छेद भयो । छोरी पनि थिइन् । घर बेच्नुपर्यो । बच्यो गाडी मात्र ।

प्रगती पथमा अगाडी बढ्न खोजेका उनको जीवन तहसनहस भयो । उनले हरेस भने खाएनन् । व्यवसाय छोड्ने सोच समेत आएन । यहि बने, यहि बिग्रियो, यहि गरेर देखाउछु भन्ने जोश उनमा थियो । पार्टनरसिपमा व्यवसाय चलाए । तर चित्त बुझने । अनि पुरानो ठाउँ पार्टनरलाई छोडी उनी नयाँ ठाउँमा एक्लै व्यवसाय गर्न कस्सिए ।

अनि गै्रहापाटमा शुरु गरे स्टेशन द फुड क्लब एण्ड ससेज पार्क प्रालि । खासै चल्ने ठाउँ थिएन । धेरैले चलाउन सक्दैन भन्थे । उनको मेहनत बुझेकाले गर्छ भन्थे । घरभेटी महेश कोइराला युवाले गरेकोमा खुशी थिए । झण्डै ४ महिनासम्म उनी बाटोमा बसेरनै आफ्नो पसलको प्रचार गर्थे । बाटो बाटो कुरेर नै म माथी सरेको छु भनेर भन्थे । विस्तारै पिकअप लिन थाल्यो । २० लाखमा शुरु गरेका उनले कमाउदै लगानी थप्दै गए । विस्तारै उनको व्यवसाय फस्टाउदै गयो ।

ग्रैहापाटन सरेको दुई वर्षपछि अनि जीवन साथीको रुपमा निलिमा हिराचन उनका जीवनमा आइन् । धनी परिवारकी निलिमाको सान्त्वनाले उनमा उर्जा थपियो । उनले आयुषका सबै दुःख सुःख बुझेकी थिइन् । खासमा आयुषले व्यवसायसँगै रेडियो प्रस्तोता लालिम, स्टेज कार्यक्रम सञ्चालन समेत गर्थे । त्यसै क्रममा निलिमासँग उनको भेट भएको थियो । उचाई चढ्दा देखि जिरो लेभलमा पुग्दासम्मको बारेमा उनी जानकार थिइन् । अहिले दुबैको मेहनतले फेरी उनी जम्दै छन् ।

साथीभाईसँग सरसापट गरेरनै उनले व्यवसाय शुरु गरेका थिए । उनलाई बाल्यकालदेखिनै फेमिलि सर्पोट भएन् । आफु पहिला काम गर्न बसेको परिवारसँग समेत सम्बध राम्रो छ । अहिले उनकै छोरालाई आफ्नो रेष्टुरेन्टमा रोजगार दिएका छन् । व्यवसायबाट महिनाको ३ लाख जती उनले बचाउछन् । निलिमाबाट छोरी समेत जन्मिएकी छन् । स्नाकोत्तर अध्ययन पुरा गरेकी निलिमाले अष्ट्रेलिया जाम भनेपनि उनी मान्दैनन् । कारण उनमा नेपालमा नै काम गर्ने जोश बाँकी छ ।

यहि गर्यो भने विदेशमा जानु पर्दैन भन्ने आयुषको बुझाइ छ । ‘म दुःख पाएपनि भाग्यमानी छुँ किनकी देशमा नै केही गर्न पाएको छु’ उनले भने । विस्तारै शाखा सञ्चालन गर्दै व्यवसाय विस्तार गर्ने योजना उनले बनाएका छन् । देशको राजनीतिक माहोलका कारण समेत विदेशिने युवाको संख्या बढेको उनको गुनासो छ । ‘अभिभावक पनि विदेश पठाउन २०/२५ लाख खर्च गर्न तयार हुन्छन्, यहि गरौ भन्दा १० लाख पनि दिदैनन्’ उनले भने । अब अभिभावकले समेत सोच्नेपर्ने बेला आएको भनाई उनको छ ।

आयुषको स्टेशन द फुड क्लब एण्ड ससेज पार्क नयाँ भवनमा सञ्चालनमा आउँदैछ । आंशिक रुपमा सञ्चालनमा आइसक्यो । पुर्ण रुपमा सञ्चालनमा ल्याउने लागि यतिबेला काम भइरहेको छ । पोखराको गै्रह्रापाटनमा पहिलाको भवनसँगै जोडिएको सुमन कोइरालाको घरमा यसलाई सञ्चालन गरिन लागेको हो । भवनलाई आर्कषण बढाउन थ्रि डि आर्ट र ग्राफिटीले सजाइएको छ ।

अनिमेश शाई

 

जसको लागि रोडिजको पहिलो सिजनका फस्ट रर्नसअप पोखरा लामाचौरका अनिमेश शाईले मेहनत गरिरहेका छन् । विगत तीन महिनादेखि उनले भवन भित्र रहेका ६० वटा भित्तामा आफ्नो कलाले रंगाएका छन् । सबै कलाको ‘मिनिङ’ रहेको छ । कक्षा ७ पढ्दादेखि सिकेको कलालाई आफुले प्रयोग गरेको अनिमेशले बताए । खानेकुरा अर्डर गरेपछि हुने ग्यापलाई ग्राहकले तहाँ रहेको आर्ट हेरेर बिताउन पाउनेछन् । पोखरा टुरिजम एरिया भएको कारण यस्तो कलाको माग बढ्दै गएको कलाकार शाही बताउँछन् ।

शुरुवातमा रोडबाट आफुले व्यवसाय शुरु गरेकाले आयुषले त्यसको झ-झल्को दिन खोजेका छन् । नयाँ भवनमा सञ्चालनमा आएपछि अपग्रेड भएर सेवा दिने तर मुल्य भने साविककै रहने उनले बताए । ‘स्टाण्डर्ड मेन्टेन गर्छौ तर मुल्य पुरानै लिने हो’ उनले भने । नयाँ भवनमा सञ्चालनमा आएपछि २ सय जनालाई एकैचोटी सेवा दिन सकिने आयुषले बताए । अहिले उनको यो व्यवसायमा लगानी १ करोडको पुगेको छ । ग्राहकको सेवाको लागि विहान ७ बजेबाट बेलुका ९ बजेसम्म आयुष आफै खट्न्छन् । आयुषले २४ जनालाई रोजगार समेत दिएका छन् । नयाँ भवन, नयाँ जोश, नयाँ शैली अपनाउँदा ग्राहकको मन जितेर व्यवसायिक रुपमा सफल बन्ने उनको रहर छ ।

 

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button