पोखरामा २ लाख ४७ हजार मूल्यको टिभीएस एनटर्क १२५ रेस स्कुटर सार्वजनिक

पोखरा न्यूज – १७, पुष । सुन्दर नगरी पोखरामा टिभीएसको नयाँ उत्पादन टिभिएस एनटर्क १२५ रेस एडिसन स्कुटर बिक्री वितरण शुरु भएको छ । गण्डकी तथा धौलागिरी अञ्चलको आधिकारिक बिक्रेता बतास ब्रर्दस प्रालि. नयाँबजार पोखराले स्कुटर बिक्री वितरण गर्न बिहीबारदेखि शुरु गरेको हो ।

बिहीबार ४० वटा स्कुटर अग्रिम बुकिङ भएको बतास ब्रर्दसका कार्यकारी निर्देशक प्रमेश पराजुलीले बताए । स्कुटर बिक्री पछिको सेवालाई समेत आफुहरुले मध्यनजर गरी पाट्र्स र सर्भिस सेन्टर स्थापन गरिएको उनले जनाए । स्कुटरमा रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प, हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ती समेत रहेको कम्पनीले जनाएको छ ।

जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिने छ । स्कुटर शानदार तीन संयोजन म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको छ । उक्त स्कुटरको मुल्य २ लाख ४६ हजार ९ सय रहेको छ । कुनै पनि पुराना स्कुटरसंग उचित मुल्यमा साटफेरको समेत सुविधा उपलब्ध भएको बतास ब्रर्दशले जनाएको छ । नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो भने जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित भएको कम्पनीले जनाएको छ ।

यसैबिच, विहिबार पोखरामा अभिनेत्री स्वस्तिमा खड्का र जगदम्भा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवाल, बतास ब्रर्दसका कार्यकारी निर्देशक प्रमेश पराजुलीले संयुक्त रुपमा स्कुटरको अनावरण गरी सार्वजनिक गरेकाछन् । कार्यक्रममा बोल्दै अभिनेत्री खड्काले पछिल्लो समयमा धेरै युवा देखि महिलाहरुको लागि निकै सेवा सुविधा सहित स्कुटर बजारमा आएको बताइन्।

उनले भनिन“ तपाई पोखरेलीहरुको लागि टिभीएस एनटर्क १२५ रेस एडिसन बजारमा आएको छ, यसको प्रयोग गर्न सक्नुहुन्छ, सामाजिक सञ्जालमा मलाई स्कुटरको बारेमा धेरैले सकरात्मक कमेन्ट

गर्नु भएको छ । ” प्रा.लि.का उपाध्यक्ष अग्रवालले गण्डकी प्रदेशमा टिभिएसको स्कुटरले धेरै बजार ओगट्न सफल भएको दाबी गरे ।  उनले भने “एक घर एक टिभिएस अभियानमा हामी छौं, हाम्रा उत्पादन बजारमा आउने अन्य सवारी साधन भन्दा केही बढी सुविधा सहित हामी बजारमा नयाँ उत्पादन ल्याउछौं । ”स्कुटर किन्ने ग्राहकहरलाई अभिनेत्री खड्काले चाबी हस्तान्तरण समेत गरेकी थिइएन्। टिभीएस एनटर्क १२५ को सार्वजनीकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button