पोखरामा बिइङ ह्युमन क्लोथिङ पुन: सञ्चालन

दीननाथ बराल, पाेखरा न्यूज – १८ पुष ।  पोखरा ट्रेड मलमा नयाँ व्याबस्थापनका साथ बिइङ ह्युमनको शो-रुम पुनः संचालनमा आएको छ ।

केही समय अघि पर्याप्त सामानहरु नहुदा अवरुद्ध भएको उक्त शो-रुम हाल नयाँ व्यवस्थापनका साथ बिहिबार देखि संचालनमा आएको वस्त्र ईन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले बताए ।  काठमाण्डौंमा करिब ४ महिना उक्त शो-रुम आन्तरिक कारणले गर्दा बन्द हुन पुग्दा धेरै सलमन खानका फ्यानहरु पोखरामा सामान खरिद गर्न आए पनि सामानहरु नभएकोले उनीहरु रित्तो हात समेत फर्किनु परेको उनले जनाए ।

उनले भने “आफ्नो देशमा केही गरौं भनेर विश्व प्रख्यात ब्राण्डहरु भित्राउने लक्ष्यका साथ पहिला हामीले बिइङ ह्युमनबाटै सुरु गर्छौं, हामीले दुई महिनामा चितवन र हेटौंडामा यसको शाखा विस्तार गछौं । ” आगामी दुई वर्ष भित्र भाटभटेनी सहितका ठाउँमा गरी ४० वटासम्म शाखा विस्तार गर्ने महत्वकाक्षि योजना रहेको प्रमुख कार्यकारी अधिकृत बख्रेलले जनाए । पोखराको शो -रुममा हाल ७ सय ९९ देखि १५ हजार ९ सय ९९ मुल्यका मोजा देखि ज्याकेटहरु उपलब्ध छन्।

बिइङ ह्युमननले करिब ५ सय विभिन्न सामानहरु बजारमा ल्याए पनि पोखरामा भने आफुहरुले ७० प्रकारका सामानहरु उपलब्ध गराएको बख्रेलले बताए । उनका अनुसार आफ्नो ४ सदस्य एक समुहले काठमाडौं सहित पोखराको शो-रुम संचालन गर्न करिब ९ करोड लगानी गरेको छ । गत बर्ष उक्त कम्पनीले नेपाल सरकारलाई तिर्नु पर्ने शतप्रतिशत कर करिब ४० लाख कर तिरेको उनले जनाए ।

शारीरिक अपाङगता भएका मध्यहरुबाट एक जनालाई रोजगार दिने आफुहरुको योजना भएको अधिकृृत बख्रेलले जनाए । अन्य ब्राण्डलाई पनि अब आफुहरुले समेट्ने योजनामा रहेको उनले जनाए । गत बर्ष करिब ५ करोड मुल्य बराबरको उक्त ब्राण्डका सामानहरुको नेपालमा कारोवार भएको उनले जनाए । राजु थापा सहितको टोलीमा सन्तोषचन्द्र बख्रेल, सुरज केसी समेत आफ्नो टिममा रहेको प्रमुख कार्यकारी अधिकृत बख्रेलले बताए । बलिउडका सुपरस्टार सलमान खान संंरक्षक रहेको बिइङ ह्युमन फाउण्डेनसद्धारा संचालित बिइङ ह्युमन क्लोथिङको नेपाल स्थित एक मात्र आधिकारीक बिक्रेता वस्त्र ईन्क प्रा.लि. रहेको उनले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button