पोखरा । पोखरास्थित फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको निधन भएको छ । निमोनियाबाट ग्रसित गुरुङको नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा बुधबार बिहान २ः३० बजे निधन भएको हो । उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण गरिएको थियो ।
२०१६ सालमा गुल्मीको गैढुंगामा जन्मिएका गुरुङ हाल पोखरा १० रामघाट निवासी हुन् । उनका श्रीमती ईन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी गुरुङ छन् ।
गुरुङले पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रमुख भएर ३० वर्ष काम गरेका थिए । गुरुङ हाल फेवा एमआरआइका अध्यक्ष हुन् भने रोटरी क्लब अफ अन्नपूर्णमा समेत आवद्ध थिए । गुरुङ संस्थापक भएर पोखरामा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सञ्चालनमा आएको थियो ।
फेवासिटी एमआरआइका निर्देशक दिनेशबाबु खड्काका अनुसार गुरुङको शव शुक्रबार मात्रै पोखरा आइपुग्ने छ । त्यसपछि अन्तिम संस्कारका प्रक्रिया अघि बढ्नेछ ।
गुरुङको निधनप्रति पोखरा महानगरका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आचार्यले भनेका छन्, ‘निशब्द !! फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर पोखराका संचालक एवं संचालक समितिका नि.अध्यक्ष हाम्रा प्रिय मित्र चेत गुरुङ्गज्युको उपचारका क्रममा असामयिक निधन भएको खबरले स्तब्ध भएको छु । प्रिय चेत सर तपाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु ।’
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution