स्याङ्जाका माझी कालीगण्डकी किनारमा मृत भेटिए

पोखरा । स्याङ्जास्थित कालीगण्डकी नदी किनारमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

यही जेठ ९ गते दिउसो ४ बजे स्याङ्जा चापाकोट नगरपालिका वडा नं. ८ खोरीयाघाटका ५१ वर्षीय हस्तबहादुर माझी नदी किनारमा मृत अवस्थामा भेटिएको स्याङ्जा प्रहरीका सूचना अधिकारी ईन्द्रबहादुर रानाले जानकारी दिए ।

उनको शव पोष्टमार्टमका लागि चापाकोट अस्पतालमा राखिएको छ ।

डीएसपी रानाका अनुसार माझी माछा मार्न जान्छु भनि जेठ ८ गते नै घरबाट निस्किएका थिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button