डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माई-८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ ।

लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button