सुनको भाउ निरन्तर ओरालो, आज कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ । सुनको भाउ आज एकै दिनमा तोलामा एक हजार आठ सय रुपैयाँ घटेको हो ।

भाउ घटेसँगै छापावाला सुनको भाउ प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँ र तेजावी सुनको भाउ एक लाख ३६ हजार दुई सय ५० रुपैयाँ कामय भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घट्दै एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ बिहीबार पनि एक हजार आठ सय रुपैयाँले नै घटेको थियो । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार सात सय र तेजावी सुन एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button