पोखरा महोत्सवलाई सक्दो सहयोग गर्ने संघ संस्था र महिला समुहको प्रतिवद्धता

पोखरा न्यूज – २१, पुष । अगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा हुने दशौं संस्करणको पोखरा महोत्सवलाई पोखराका संघ सस्था तथा महिला समुहको साथ रहने भएको छ ।

युनाइटेड क्लवको आयोजनामा हुने दशौं संस्करणको पोखरा महोत्सवलाई सभ्य र भब्य रुपमा सफल बनाउन पोखरामा रहेका आमा तथा महिला समुह, टोल बिकास संस्था, संघ सस्था, बुद्धिजिवी, समाजसेवी, नागरिक समाजले सहयोग गर्ने भएको हो ।

हालै सम्पन्न भेलामा सहभागीहरुले सामाजिक कामबाट पोखरामा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवको पोखरा महोत्सवलाई आ आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । सो अवसरमा बोल्दै दशौं पोखरा महोत्सवको झांकी र्‍याली ब्यवस्थापन उपसमिती संयोजक पवित्रादेवी गुरुङले विगतका महोत्सवहरुमा जस्तै यो पटकको महोत्सवमा पनि पोखरामा रहेका संघ सस्था, आमा समुह, महिला समुह लगायतको झांकी तथा र्‍यालीहरुलाई सहयोग गर्नका लागि आग्रह गर्दै सम्पूर्ण संघ सस्थाहरु, महिला तथा आमा समुहहरुसँग समन्वय गरिरहेको बताइन् ।

त्यस्तै महोत्सवका संघ सस्था समन्वय उपसमिति संयोजक सिमा गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाइटेड क्लवले पोखरा र आसपासका क्षेत्रमा सामाजिक काम गर्दै आइरहेकाले पनि पोखरामा रहेका संघ सस्थाहरुलाई पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनका लागि सहयोग गरिदिनका लागी संघ संस्थाहरुसँग समन्वय गरिरहेको र सबैको साथ रहनेमा आफु ढुक्क रहेको बताइन् ।

महिला तथा आमा समुह परिचालन उपसमिति संयोजक शान्ति सुवेदीले पोखरा महोत्सवलाई पोखरा महानगरभित्रका महिला तथा आमा समुहहरुलाई पोखरा महोत्सवलाई सफल बनाउनका लागी सहयोग गरिदिनका लागी आफ्नो उपसमितीले सहयोगको अपेक्षा सहित समन्वय गरिरहेको बताइन् ।

अन्तरक्रिया कार्यक्रममा पोखरामा रहेका विभिन्न संघ सस्था, महिला तथा आमा समुह, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले अघिल्लो संस्करणको पोखरा महोत्सवलाई जस्तै दशौ पोखरा महोत्सवलाई समेत अघिल्लो संस्करणमा जस्तो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

युनाइटेड क्लवका अध्यक्ष तथा दशौ पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लालकाजी गुरुङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा महोत्सव सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको संचालन महोत्सव प्रचार प्रसार उपसमिति संयोजक शान्त बहादुर थापाले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button