पोखरामा द एज ब्याण्डको विशेष साँगीतिक साँझ हुने

पोखरा न्यूज – २३, पुष । नेपाली पप ब्याण्ड‘द एज’ ले विशेष सांगीतिक कार्यक्रम मार्फत आफ्नो प्रस्तुती राख्ने भएको छ ।

पोखरा लेकसाइडमा रहेको फियुल बार एण्ड ग्रिलमा २० औँ बर्ष पार गरेको उपलक्ष्यमा आफ्नो प्रस्तुती राख्न लागेको हो । पुस २५ गते शुक्रबार साझँ ६ बजेबाट शुरु हुने कार्यक्रममा द एज ब्याण्डले आफ्ना नयाँ तथा पुराना गीत सुनाउदै मनोरञ्जन प्रदान गर्ने छ । यो कार्यक्रमको आयोजना मिस्टर फ्रेस हाउसले गर्न लागेको हो ।

पोखरेली ब्याण्ड द एजको रक टाइपका गीत युवामाझ चर्चित छन् । यो व्याण्ड मेरो आँशु, नचाहेको हैन तिमिलाई, थाहा छैन, लेखिएका शब्द आदी गीत मार्फत नेपाली साँगीतिक फाँटमा स्थापित बनेको छ । यस व्याण्डका गीतलाई मनपराउनेको जमातमा कमी आएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button