भारतमा कारले किचेर ४ को ज्यान गयो

पोखरा न्यूज – २९ , पुष । भारतको केरलामा महोत्सव मनाएर फर्किरहेका चार जनाको कारले किचेर मृत्यु भएको छ ।

केरलास्थित थम्बुरमा थम्पुर अयाप्पनकाभिल मन्दिर महोत्सव मनाएर फर्किरहेका उनीहरु माथि तीव्र गतिको कार चढेको थियो । सोमबार मध्यरात १२ बजे भएको घटनामा मृत्यु हुनेमा ३ पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ ।

घटनामा तीनजनाको घटनास्थलमै तथा एक जना आज बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पुजा सकेर मन्दिरबाट निस्किदै गरेका भक्तजनलाई किचेर कार फरार भएको थियो ।

फरार कार र ड्राइभरलाई पछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । ड्राइभरलाई हिरासतमा लिएर कारबाही अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button