पोखरा आउदै गरेको प्रहरीको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ३१ घाइते

पोखरा न्यूज -१,  माघ। पोखरा आउदै गरेको प्रहरीको गाडी तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरी सवार बा १ ग २११८ नम्वरको गाडी दुर्घटना हुँदा अन्य ३१ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु हुनेमा  प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको  छ ।

माघे संक्रान्ति मेलाको सुरक्षाका लागि  पोखराबाट देवघाट गएको प्रदेश प्रहरी शसस्त्र गण बैदामको  गाडी फर्कने क्रममा दासढुङ्गा नजिकै  दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता दीपक रेग्मीले  जानकारी दिए । गाडीमा गणका ३० जना प्रहरी  र गोरखाका  ४ जना  सवार रहेको प्रवक्ता  रेग्मीले पोखरा न्यूजलाई बताए  ।

घाइतेहरुको  मेडिकल कलेज  भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button