पोखरामा ‘प्रणयमा प्रकट’ एकल गजल वाचन हुने

राजाराम पौडेल, पोखरा न्यूज –  १७ माघ । नजिकिदै गरेको प्रणय दिवसलाई मध्येनजर गर्दे पोखरामा  प्रणय गजलका बादशाहका रुपमा परिचित प्रकट पंगेनी शिवका एकल गजल वाचन कार्यक्रम हुने भएको छ ।

पगेनीको यो गजल वाचन यात्राको २२ औँ श्रृखला हो । कार्यक्रममा प्रकटका मायाप्रेमसँग सम्बन्धित प्रेमिल गजल सुन्न पाइनेछ ।
प्रकटले प्रणय परक गजल वाचन गर्दै माहोल गर्माउनेछन् ।

नयाँ पुस्ता उनका गजल प्रति बढी आर्कषित छन् । त्यसैलेत उनले विभिन्न ठाउँमा पुगेर एकल गजल वाचन गरिरहेका छन् ।
पोखरा थिएटर ग्रैहापाटनमा हुने ‘प्रणयमा प्रकट’ एकल गजल वाचन कार्यक्रम माघ २५ गते शनिबार दिउँसो ४ बजे शुरु हुनेछ ।

कार्यक्रममा पुगेर गजल सुन्न टिकट काट्नुपर्नेछ । शुभप्रभात साहित्य पुञ्ज पोखराले कार्यक्रमको आयोजना गर्न लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button