पोखराको गाईघाटमा ५० लाख लागतमा शवदाहस्थल निर्माण हुने

पोखरा। पोखरा महानगरपालिका १ स्थित गाईघाटमा शवदाह (चितास्थल) तथा स्नान घाट निर्माण हुने भएको छ । पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नम्बर १ र स्थानियको सहयोगमा आगामी जेठ महिना भित्र उक्त क्षेत्रमा शवदाह (चितास्थल) तथा स्नान घाट निर्माण हुने भएको गाइघाँट शवदाह (चितास्थल) तथा स्नान घाट निर्माण उपभोक्ता समितिका सचिव सुरेन्द्रमणि पराजुलीले बताए ।

गाईघाटमा हिउँदको समयमा दुई र बर्षादको समयमा दुई वटा गरी ४ वटा शवदाह स्थल निर्माण हुने भएको छ भने त्यसै गरी स्नान घाट, कृयापुत्री भवन, पौवा र ड्याम निर्माण हुने भएको सचिव पराजुलीले बताए । उनका अनुसार ५० लाखको लागतमा उक्त भौतिक संरचना निर्माण हुने भएको हो । उक्त योजनामा महानगरले २० लाख, वडाले १० लाख र ६ लाख स्थानियले संकलन गरेका हुन भने बाँकी रकम पुनः स्थानियबाटै संकलन गर्ने योजना रहेको समितिले जनाएको छ ।

हाल व्यवस्थित शवदाह स्थल नभएका कारण  बाढी आउदा र वर्षायामको  समयमा निकै कष्ट भोग्नुपरेको समितिका उपाध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीले बताए ।

शवदाह स्थलको एक समारोहका बिच  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शुक्रबार शिलन्यास गर्दै पोखरा क्षेत्रका घाटहरुलाई व्यवस्थित पार्न महानगरलाई निर्देशन दिएका छन्। बाढी पहिरोको जोखिमलाई मध्यनजर गरी भोतिक संरचना निर्माण गर्न आग्रह गर्दै मुख्यमन्त्री गुरुङले यस्ता कार्यमा जनताले समेत निगरानि गर्नुपर्ने बताए ।

नेकपा पार्टी भित्र हाल देखिएको विवाद तर्फ शंकेत गर्दै उनले सानातिना कुरामा अल्झेर बस्न नहुने र गल्ती सच्चायर अघि बढ्नुपर्ने बताए । विकास जनताको लागि भएकोले विकास गर्न तर्फ जनप्रतिनिधिहरु लाग्नुपर्ने उनको भनाई थियो ।

६७ बर्षपछि कम्युनिष्टले प्राप्त गरेको उपलब्धीलाई टिकाइराख्न साना तिना कुरामा अल्झेर टिकाटिप्पर्णी गर्न आवश्यक नभएको उनको तर्क थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button