हिमपहिरोमा हराएका ७ मध्ये एकको शव भेटियो, भोलि पोखरा ल्याइने

पोखरा । अन्नपूर्ण बेसक्याम्प अन्तर्गतको हिंकुचे केभ र देउरालीबिचको भागमा एक महिना अघि हिमपहिरो जाँदा बेपत्ता भएका  ७ जना  मध्ये एक जनोको शव भेटिएको छ । शुक्रबार उद्धार टोलीले खोजतलाश गर्ने क्रममा उक्त शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता राजकुमार केसीका अनुसार नेपाली गाइड सरोज परियारको शव भेटिएको हो । स्थानीयको जानकारीलायई उद्धृत गर्दै उनले पोखरा न्यूजलाई  भने, ‘ हराएका नेपाली गाइड परियारको शव उद्धार टोलीले भेटेको हो, प्रतिकुल मौसमका कारण हामी जान सकेनौं भोलि मात्रै शव पोखरा ल्याउँछौं ।’

हराएका नेपाली गाइड परियारको खोजी तथा उद्धारका लागि उक्त क्षेत्रमा पुगेको उद्धार टोलीले शुक्रबार परियारको शव फेला पारेको हो । बाह्र जना समुहको एबिसि देउराली एभालेन्च रेस्क्यु टिम खडा गरेर दश दिन अगाडि परियारका आफन्त सहितको एक टोली  उद्धारका लागि उक्त क्षेत्रमा खटिएको थियो ।

प्रेम कुमार राईले  व्यवस्थापन गरेको टिम बाबुराम बिकेको नेतृत्वमा विगत दश दिनदेखि उक्त क्षेत्रमा परियारको खोजिमा लागेको थियो । मुक्तिनाथ राईले भोलयुन्टियर गर्ने गरि ६ जना स्टाफलाई दैनिक ज्यालादारीमा खटिएको १२ जनाको टोलीले शुक्रबार परियारको शव हिंकुचे छेउको खोला खोचबाट हिउँ काटेर निकालेको टिम संयोजक कालिदास मगरले पोखरा न्यूजलाई बताए ।

सरकारी स्तर तथा पर्यटन सम्वद्ध कुनैपनि संघ सस्थाबाट आफुहरुलाई सहयोग नभएपछी सुबास थापामगरलाई एकाउन्टेन्टको जिम्मा लगाएर बिदेशीहरुसँग केहि सहयोग जुटाउदै खोजी कार्यमा खटिएको मगरले जानकारी दिए । आफुहरुले उद्धारको समयमा   बस्न, खान तथा उद्धार सामग्री खरिद गर्नको लागि आफै सहयोग जुटाउनुपरेको उल्लेख गर्दै मगरले सरकारी स्तर तथा पर्यटन सम्बद्ध संघ सस्था  खोजीकार्यमा उदासिन भएको भन्दै दुखेसो व्यक्त गरे । १२ जनाको टोली ९ दिनदेखि अहोरात्र खट्दा समेत नभेटेपछि शुक्रवार थप १० जनाको टोली त्यहाँ पठाइएको उनले बताए ।

आफुहरुको टोली  परियारको खोजीको लागि उक्त स्थानमा जोखिम मोलेर गएको बताउदै त्यहाँ नजिकै अर्का एक नेपाली हराइरहेको र केहि परको दुरीमा कोरियनहरु समेत हराएको भन्दै टिम व्यस्थापन तथा खर्च जुटाउन सहयोग भएको खण्डमा टिम अन्य हराइरहेका व्यक्तिको खोजीमा लाग्न सक्ने मगरको भनाइ छ  ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल गण्डकीका अध्यक्ष हरि भुजेलले सरोजको शवलाई निकालेर बेसक्याम्पको हिमालयन भन्ने ठाउँमा ल्याएर राखिएको जानकारी प्राप्त भएको  बताए ।

पोखराको कोनिको ट्रेकबाट गाइड परियारले एक चिनिया पदयात्रीलाई लिएर अन्नपूर्ण बेसक्याम्प तर्फ  गएका थिए । हिमपहिरोका कारण उनी सहित  ४ कोरियाली र ३ नेपाली  बेपत्ता भएका थिए ।

यो पनि पढ्नुहोस् :-१० दिनदेखि खटिएको १२ जनाको उद्धार टोलीले परियारको शव यसरी निकाल्यो (फोटोहरु सहित)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button