१० दिनदेखि खटिएको १२ जनाको उद्धार टोलीले परियारको शव यसरी निकाल्यो (फोटोहरु सहित)

पोखरा । अन्नपूर्ण बेसक्याम्प अन्तर्गतको हिंकुचे केभ र देउरालीबिचको भागमा करिव एक महिना अघि हिमपहिरो जाँदा बेपत्ता भएका ७ जना मध्ये नेपाली गाइड सरोज परियारको शव उद्धार टोलीले शुक्रबार भेटेको हो।

बाह्र जना समुहको एबिसि देउराली एभालेन्च रेस्क्यु टिम खडा गरेर दश दिन अगाडि परियारका आफन्त सहितको एक टोली उद्धारका लागि उक्त क्षेत्रमा खटिएको थियो ।

प्रेम कुमार राईले व्यवस्थापन गरेको टिम बाबुराम बिकेको नेतृत्वमा विगत दश दिनदेखि उक्त क्षेत्रमा परियारको खोजिमा लागेको थियो । मुक्तिनाथ राईले भोलुन्टियर गर्ने गरि ६ जना स्टाफलाई दैनिक ज्यालादारीमा खटिएको १२ जनाको टोलीले शुक्रबार परियारको शव हिंकुचे छेउको खोला खोचबाट हिउँ काटेर निकालेको टिम संयोजक कालिदास मगरले पोखरा न्यूजलाई बताए ।

 

सरकारी स्तर तथा पर्यटन सम्वद्ध कुनैपनि संघ सस्थाबाट आफुहरुलाई सहयोग नभएपछी सुबास थापामगरलाई एकाउन्टेन्टको जिम्मा लगाएर बिदेशीहरुसँग केहि सहयोग जुटाउदै खोजी कार्यमा खटिएको मगरले जानकारी दिए ।

आफुहरुले उद्धारको समयमा बस्न, खान तथा उद्धार सामग्री खरिद गर्नको लागि आफै सहयोग जुटाउनुपरेको उल्लेख गर्दै मगरले सरकारी स्तर तथा पर्यटन सम्बद्ध संघ सस्था खोजीकार्यमा उदासिन भएको भन्दै दुखेसो व्यक्त गरे ।

तस्बिर : कालिदास

यो पनि पढ्नुहोस् :-हिमपहिरोमा हराएका ७ मध्ये एकको शव भेटियो, भोलि पोखरा ल्याइने

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button