कोरोना सतर्कता: ‘हस्पिटालिटी नेपाल’ को फाइनल सर्यो

पोखरा । चैत्र १५ गते हुने तय भएको चौथो संस्करणको ‘हस्पिटालिटी नेपाल’ को फाइनल सरेको छ ।

कोभिड १९ अर्थात कोरोना भाइरसको कारण सतर्कता अपनाउन सरकारले गरेको आग्रह समेतलाई मध्ये नजर राख्दै प्रतियोगीताको फाइनल सारिएको आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जानकारी दिए । प्रतियोगीताको फाइनल कोरोनाको महामारी अन्त्य भएपछि मात्र गरिने उनले बताए ।

प्रतियोगिलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहजीकरण गर्दै निखारता थपेका छन् । वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल आदी तालिम प्रदान गरिएको आयोजकले जनाए । उपाधिका लागि १५ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् ।

उपाधि विजेताले विदेश भम्रण गर्ने अवसर सहित नगद पुरस्कार समेत पाउनेछन् । फस्ट रर्नसअप र सेकेन्डरर्नसअपले भ्रमण प्याकेजको साथमा नगद पुरस्कार पाउने प्रबन्ध निर्देशक पाण्डेको भनाई छ । पहिलो संस्करणको हस्पिटालिटीको उपाधि रेशम कुमाल र प्रमिला गुरुङ, दोस्रो संस्करणको उपाधि कबिता पौडेल र तेस्रो संस्करणको उपाधि अनिक अधिकारीले जितेका थिए ।

‘हस्पिटालिटी नेपाल’ हस्पिटालिटी क्षेत्रसँग आबद्ध रहेका युवायुवतीले भाग लिन पाउने प्रतियोगीता हो । प्रतियोगीतामा भाग लिनेलाई विभिन्न अवसर प्रदान गरि हस्पिटालिटी क्षेत्रमा स्थापित बन्न सघाइने आयोजकको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button