कोरोना सतर्कता : नेपालमा लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक

काठमाण्डौ।  सरकारले चैत १० गते सोमाबरदेखि लामो दुरीका सार्वजनिक सवारी साधनहरु  सञ्चालनमा रोक लगाउने भएको   छ ।

शुक्रबार  राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड-१९ को  संक्रमण फैलिन नदिन लामो दुरीका  सवारी साधन केही समयका लागि सञ्चालनमा रोक लगाउने बताएका हुन्।

चैत १० गतेदेखि लामो दुरी चल्ने सवारी साधन रोक लगाउने निर्णय भएको प्रधानमन्त्री ओलीले जानकारी गराएका हुन्। कोरोना भाइरस कोभिड-१९ संक्रमण फैलिन नदिनको् लागि सवारी साधनमा रोक लगाउने निर्णय गरेको हो।

त्यसैगरी सम्बोधन मार्फत  प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरिएको बताएका छन्।

सरकारले सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १९ गतेसम्मका लागि  स्थगित गर्ने निर्णय समेत  गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button