पोखरा लगायत कास्कीका ब्यूटीपार्लर चैत ९ गतेदेखि बन्द

पोखरा ।   पोखरा लगायत कास्कीका ब्यूटीपार्लरहरु  चैत ९ गतेदेखि बन्द हुने भएका छन् ।

बिश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोबिड– १९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेदेखि अर्को सुचना जारी नहुने बेलासम्मको लागि  सो क्षेत्रका ब्यूटीपार्लरहरु  बन्द हुने भएको ब्यूटीपार्लर एशोसियसन कास्कीले जनाएको छ ।

एशोसियसनले  शनिबार एक  विज्ञप्ति जारी गर्दै   भाइरस  संक्रमणको विषयलाई लिएर सतर्कता अपनाउन नेपाल सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेको अवस्थामा ब्यूटीपार्लर व्यवसाय समेत  संक्रमणको उच्च जोखिमबाट नजिक रहेको भन्दै सतर्कता अपनाउन  एशोसियसनमा आवद्ध सबै ब्यूटीपार्लरहरु बन्द गरिने भएको जनाएको हो   ।

दिनहुँ रुपमा ग्राहकहरुको प्रतक्ष्य तथा निकटतम दुरीमा रहेर ब्युटीपार्लर व्यवसाय संचालन हुने हुँदा सजिलै दुर्तगतिमा फैलने घातक यो भाइरसको संक्रमणको उच्च जोखिममा पेशा व्यवसाय  रहेको भन्दै आफ्नो  कारणबाट ग्राहकहरुमा जोखिम नहोस् र ब्युटीपार्लर व्यवसायमा संलग्न कर्मचारी तथा व्यवसायीहरुलाई समेत यो भाइरसको संक्रमण फैलने जोखिम नरहोस् भन्ने हेतुले  एशोसियसनमा आवद्ध सम्पूर्ण पार्लरहरु बन्द गर्ने निर्णय भएको  सचिव बबिता केसी (कार्की) ले  जनाएकी छन् ।

एशोसियसनले उक्त निर्णयबाट ग्राहकवर्गहरुलाई हुने असुविधा प्रति  क्षमा माग्दै सबै ग्राहकवर्ग, शुभेच्छुक तथा सम्पूर्ण नेपालीहरुलाई भयरहित रुपमा सुरक्षित रहन तथा संक्रमण हुन सक्ने स्थलमा अत्यावश्यक अवस्थामा बाहेक नजान अनुरोध गर्दै बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले आग्रह गरेका सुरक्षाका उपाय अपनाउन  अनुरोध समेत गरेको छ ।

नेपाल सरकारले अत्यावश्यक बाहेकका सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेको अवस्थामा ग्राहकहरुलाइ प्रतक्ष्य तथा निकटतम दुरीमा रहेर सेवा प्रदान गरिने  ब्यूटीपार्लर व्यवसायको संबेदनशीलतालाई मध्यनजर गर्दै शनिबार बैठक बसी आइतबारबाट सेवा बन्द गर्ने निर्णय गरिएको ब्यूटीपार्लर एशोसियसन कास्की की सल्लाहकार चिनु गुरुङले  जानकारी दिइन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button