ट्रकको ठक्करबाट मुखियाको मृत्यु

सप्तरी। पूर्वपश्चिम राजमार्गअन्गर्गत सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा ट्रकको ठक्करबाट आज बिहान  एक साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारदाह बस्ने अन्दाजी ३० वर्षीय कामी मुखिया रहेको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए । ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मुखियाको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा आजै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए  ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ७३०८ नंको ट्रकले पूर्वपश्चिम राजमार्गअन्तर्गत मुखिया सवार साइकललाई ठक्कर दिएको थियो । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button