पोखराको रिमझिम दोहोरी साँझमा विशेष सांगीतिक कार्यक्रम हुने

पोखरा न्यूज । पोखरा बिरौटामा सञ्चालनमा रहेको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टमा विशेष सांगीतिक साँझ हुने भएको छ । दोहोरी साँझले पाँचौ वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमको आयोजना गरेको हो ।

फागुन २१ गते बाट शुरु हुने विशेष साँगीतिक साँझ फागुन २७ गतेसम्म जारी रहनेछ । विभिन्न स्वादिष्ट परिकार र मदिराको नसामा रम्दै दोहोरीको आनन्द यहाँ लिन पाइन्छ ।

विशेष सांगीतिक साँझ अवधिभरमा पुरुषोत्तम न्यौपाने, रमेश विजी, जीवन दाहाल, कुमार पुन, प्रकाश सपुत, तारानाथ आचार्य, शंकरविरही गुरुङ, तारापती सुवेदी, प्रिति आले, माया गुरुङ, कृष्ण गुरुङ, सरस्वती लामिछाने, ईश्वर सिँह, काजल गुरुङले पालैपालो आफ्नो प्रस्तुती राख्नेछन् ।

नियमित कलाकारको रुपमा सुर्य पाण्डे, श्रीराम अधिकारी, शान्ति डोटेल, संगम पाण्डे, निर्मला सुनार, भिमा रोक्का, सुनिता बसेल, सुर्य कार्की, भाष्कर नुमाई, शेरजंग गुरुङ, भिमराज परियारले आफ्नो प्रस्तुती राख्नेछन् । विशेष साँगीतिक कार्यक्रम हरेक साँझ ७ बजेबाट शुरु हुनेछ ।

रिमिझिम दोहोरी साँझमा पुरुषोत्तम न्यौपाने, कुमार पुन र ईश्वर अधिकारीको लगानी छ । विशेष साँगीतिक साँझको उद्घाटन चलचित्र निर्देशक समेत रहेका वरिष्ठ कलाकार नारायण रायमाझीले बुधबार साँझ गर्नेछन् । २०७१ साल मंसिर २९ गतेबाट सञ्चालनमा आएको यो दोहोरी साँझको औपचारिक उद्घाटन सोही वर्षको फागुनमा भएको थियो ।

सम्बन्धित न्यूज

Back to top button