सुनको मुल्य साढे ८२ हजार !

पोखरा न्यूज । सुनको मुल्यमा नयाँ रेकर्ड कायम हुँदै तोलाको ८२ हजार ५ सय पुगेको छ ।

बिहीबार तोलाको ८० हजार ७ सयमा कारोबार भएको सुनको मुल्यले अर्को ऐतिहासिक छलाङ मार्दै १८ सयले वृद्धि भएको हो । शुक्रबार तेजावी सुन तोलाको ८२ हजार २ सय तथा चाँदी तोलाको ८ सय ९० मा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरसको त्रास बढेसँगै विश्वभर सुनको भाउमा वृद्धि भएको छ । लगानीकर्ताले सुनमा लगानी गर्न थाले पछि माग उच्च हुँदा सुनको भाउमा पनि निरन्तर उकालो लागेको हो ।

सम्बन्धित न्यूज

Back to top button