पोखरामा मोटरसाइकल कुलोमा खस्दा एकको मृत्यु

पोखरा । पोखरामा बुधबार राति  मोटरसाइकल कुलोमा खस्दा एक जनाको मृत्यु भएको छ ।

पोखराको चाउथे स्थित खसीबजार चोक नजिकैको सडक छेउको कुलोमा ग ११ प ८२८१ नम्बरको बुलेट बाइकमा सवाररत  एक जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

खसीबजार चोक नजिकै सडक छेउको कुलोमा लेखनाथ  सुन्दरीबजार बस्ने ३८ बर्षीय निम राज पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी  राजकुमार केसीले जानकारी दिए । प्रहरीले घटनास्थलबाट शव र मोटरसाइकल निकालिसकेको छ ।

स्थानीयले उक्त स्थानमा महिलाको चप्पल समेत देखिएको बताएका छन् । मोटरसाइकलमा अरु सवार रहे नरहेको बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button