युकेमा कोरोनाबाट एकै दिनमा हालसम्म कै सर्वाधिक ८ सय ५४ को मृत्यु

लण्डन । संयुक्त अधिराज्य (युके) मा कोरोना भाइरसबाट मङ्गलबार एकै दिन ८ सय ५४ जनाको मृत्यु भएको छ जुन हालसम्म त्यहाँ एकैदिनमा भएको सर्वाधिक मृत्यु हो ।

यससँगै त्यहाँ कोरोना भाइरसबाट मर्नेको कुल संख्या ६ हजार २ सय २७ पुगेको छ । मङ्गलबार संयुक्त अधिराज्य अन्तर्गतका इङ्ग्याण्डमा सर्वाधिक ७ सय ५८ को मृत्यु हुँदा वेल्स, स्कटल्याण्ड र उत्तर आयरल्यान्डमा ९६ जनाको मृत्यु भएको हो । त्यहाँ मर्नेहरु २३ देखि १०२ वर्षसम्मका रहेको जनाइएको छ जसमध्ये २९ जनामा कुनै पुरानो स्वास्थ्य समस्या थिएन ।

पछिल्ला दिनमा बेलायतमा कोरोनाबाट मृत्यु हुने र संक्रमितको संख्यामा व्यापक वृद्धि हुन थालेको देखिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन हाल कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि आइसियुमा उपचार गराइरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button