आत्महत्या गर्न नदीमा हाम फालेकी महिलाको सकुसल उद्धार

पर्वत। आत्महत्या गर्न नदीमा हाम फालेकी एक महिलालाई पर्वतको जलजला गाउँपालिकाका युवाहरुले सकुसल उद्धार गरेका छन् ।

सिन्धुपाल्चोक जिल्ला घर भई मजदुरी गर्ने अन्दाजी ३२ वर्षीया देवी थापा नाम गरेकी महिला पर्वतको जलजला गाउँपालिका–३ दोबिल्लाबाट कालिगण्डकी नदीमा हामफालेकी थिइन् ।

मङ्गलबार साँझ करिब ६ बजे पिपलबोट युवा क्लबका सल्लाहकार सन्दीप गुरुङसहितका युवाले महिलाको सकुशल उद्धार गरेको प्रत्यक्षदर्शी स्थानीय टङ्क शर्माले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button