वैशाख र जेठमा हुने सबै परीक्षा स्थगित : टीयु

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले बैशाख र जेठ महिनामा हुने गरी अहिले प्रकाशित भएका सबै परीक्षा तालिकाहरु स्थगित गरिएको जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर राख्दै बैशाख र जेठ महिनामा हुने गरी  प्रकाशित भएका परीक्षा तालिकाहरु अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको विश्वविद्यालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, बी.बी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

सूचनामा उल्लेख भएअनुसार बैठकले पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका नियमित तथा आंशिक परीक्षा समेत अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button