पोखरामा सुजल डेरीले आफ्ना उत्पादनको डेलीभरी नि:शुल्क दिने ! 

पोखरा न्यूज ।  दुग्ध जन्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्दै आएको सुजल डेरी प्रा.लि. ले पोखराका उपभोक्ताका लागि निःशुल्क होम डेलीभरी सेवा प्रदान गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण सिर्जित लकडाउनका बेला उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै दुध, दही लगायतका डेरी प्रडक्टहरुको डेलीभरी शुल्क बिना घर- घरमै  उपलब्ध गराउने  भएको सुजलले जनाएको छ ।

सुजलले शनिबारबाट पोखरामा ‘सफल  Express: Free Home Delivery’ नामको सेवा शुरु गर्दै पोखरा क्षेत्रका उपभोक्ता र विक्रेतालाई घरमै आफ्ना प्रडक्टको नि:शुल्क डेलिभरी  दिने भएको सुजल डेरीका बजार विभाग प्रतिनिधि रोविन काफ्लेले  जानकारी दिए ।

यस क्षेत्रका उपभोक्ता तथा  विक्रेताले  ९८०१२४०२०४ मा फोन गरी  सफलका  उत्पादनहरु  दुध, दही, पनिर, घ्यू, वटर र नौनी अर्डर गरेको खण्डमा  बढीमा २४ घण्टा भित्र निःशुल्क डेलीभरी पाउने काफ्लेले बताए । उपभोक्ता तथा  विक्रेताले हरेक दिन बिहान ९ बजे देखी दिउसो १ बजे सम्म  अर्डर टिपाउन सक्ने काफ्लेले जनाए ।

निःशुल्क होम  डेलीभरी सेवाको लागि भने उपभोक्तकाले  न्यूनतम  ८ सय  रकम बराबर  तथा विक्रेताकाले न्यूनतम १ हजार ५ सय रकम बराबरको  सामाग्री अर्डर गर्नुपर्ने शर्त राखिएको सुजलले जनाएको छ ।

सफल  Express सेवाले पोखरावासीको जीवनशैली सहज बनाउनेमा प्रा.लि.  विश्वस्त  रहेको  जनाउदै सुजलले कोरोना भाइरसको संक्रमणसँग विश्व नै  जुधिरहेको अवस्थामा सम्पूर्ण उपभोक्ताहरुलाई घरमै सुरक्षितरूपमा बस्न  आग्रह समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button