स्याङजामा आगलागी हुँदा एक युवती घाइते

पोखरा । स्याङजामा गोठमा लागेको आगोले पोलेर एक युवती घाइते भएकी छन् ।

स्याङजा भिरकोट नगरपालिका-९ मालिका स्थित धन बहादुर बि.क. को ढुङगा माटो र खरले छाएको १ तले गोठमा शनिबार आगलागी हुँदा गोठमा रहेका बाख्रा बचाउन खोज्ने २६ बर्षिय रुपा बि.क. घाइते भएको प्रहरीले जनाएको छ ।

पाँचवटा बाख्रा थुनेको  ढुङगा माटो र खरले छाएको १ तले गोठमा आगलागी भएपछी बाख्रा निकाल्न भनेर गएकी युवतीको  हात, खुट्टा र ढाडमा आगोले पोलेको गण्डकी प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार आगोले पोलेर घाइते भएकी बि.क. लाई उपचारको लागि मिसन अस्पताल पाल्पा  पठाइएको छ । आगलागीबाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button