सिकार खेल्न जाँदा भीरबाट लडेर एक युवाको मृत्यु

गोरखा । गोरखामा सिकार खेल्न गएका एक युवकको भीरबाट लडेर एक युवाको मृत्यु भएको छ ।

गोरखा चुमनुब्री गाउँपालिका-३ देवलका ३० वर्षीय कान्छा गुरुङको जङ्गलमा भीरबाट लडेर आइतबार मृत्यु भएको हो । गुरुङसहित अन्य ५ जनाको समुहमा सिकार खेल्न गएको प्रहरीले जनाएको छ । गुरुङ भीरबाट लडेपछि अन्य चार जनाले गाउँ फर्केर सोमबार घटनाको जानकारी गराएका थिए ।

मृतक गुरुङसँगै गएका अन्य चार जनामा ५० वर्षीय नुर्बु गुरुङ, ४० वर्षीय भुजुङ गुरुङ, ३० वर्षीय सुर्य गुरुङ र २२ वर्षीय दिपक गुरुङ रहेको प्रहरीले उल्लेख गरेको छ । मृतकको शव घटनास्थल मै रहेको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button