पोखराका नेत्र गुरुङ नयाँ चलचित्रको तयारीमा

पोखरा। ‘माया यो कस्तो माया’ बाट चलचित्र निर्देशनमा डेब्यू गरेका पोखराका नेत्र गुरुङले ‘सुनामी’ र ‘नाईके’ चलचित्र निर्देशन गरे । उनको निर्देशनमा बनेको सुनामी भने प्रर्दशन हुन सकेन । मायो यो कस्तो माया भ्याली बाहिर मात्र प्रर्दशन भयो । यी तीन चलचित्र मध्ये नाईकेले नेत्रलाई नेत्रलाई बढी चर्चामा ल्यायोे । अल नेपाल रिलिज भएको यो चलचित्र अपेक्षाकृत सफल भने बनेन । अहिले उनै निर्देशक नेत्र गुरुङले नयाँ चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् । जसको लागि उनी यतिबेला स्क्रिप्ट लेखनमा व्यस्त छन् । चलचित्रको नाम तय भैसकेको छ । चलचित्रको नाम ‘खैला बैला’ रहनेछ । जुन नाम दर्ता भइसकेको उनले खुलाए ।

चलचित्र नेत्र इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रको कथा तथा पटकथा समेत नेत्रकोनै रहने उनले खुलाए । अब बन्ने चलचित्र सामाजिक विषय बस्तुमा आधारित हाँस्यप्रदान चलचित्र हुनेछ । लकडाउन पश्चात अफिसियल रुपमा चलचत्रिको निर्माणको बारेमा जानकारी दिने तयारी गरेको उनले बताए । ‘यतिबेला स्क्रिप्ट लेखनमा व्यस्त छु, लकडाउपछि अफिसियल रुपमा सबै जानकारी दिनेछु’ उनले भने । यो चलचित्र मार्फत नेपाली चलचित्रमा फाँटमा स्थापित हुन उनले अहिले स्क्रिप्टमा मेहनत गरिरहेका छन् ।

त्यसोत नेत्रले विभिन्न म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । २०६६ सालमा पोखरेली गायक विवेक के.सी.को ‘एक्लो थिएँ’ बोलको गीतको म्युूजिक भिडियो निर्देशन गरी निर्देशन क्षेत्रमा उनको यात्रा शुरु भएको थियो । सम्पादन, निर्देशन र छायांकन गरेर एक हजार भन्दा बढी म्युजिक भिडियोमा काम गरेको अनुभव उनीसँग छ ।

धेरैले चलचित्र तथा म्युजिक भिडियो निर्देशकको रुपमा उनलाई चिनेपनि उनको मनोरञ्जन क्षेत्र तर्फको यात्रा भने साँगीतिक क्षेत्रमार्फत भएको हो । उनी गायक पनि हुन् । २०५८ सालमा ‘निराशाको बादल’ बोलको गीत रेकर्ड गरेर नेपाली साँगीतिक फाँटमा उनले पाइला बढाएका थिए । यस गीतबाट धेरै सकारात्मक प्रतिक्रिया पाए । फलस्वरुप २०६० मा ‘चोली तिमीलाई’ बोलको गीत रेकर्ड गरे । अनि यसबाट पाएको सर्पोटबाट २०६६ ‘माया बस्यो मुटुमा’ नामक एलबम बजारमा निकाले ।

यस एल्बमबाट नेपाली संगीत बजारमा उनको चर्चा बढेको थियो । हालसम्म झण्डै ३० गीतमा उनले आवाज दिएका छन् । जसमध्ये माया बस्यो मुटुमा, म क्याम्पस आउँदिन, चोली दिउँला, तिमीलाई देखेर, म तिम्रै हुँ माया आदी चर्चामा रहे । उनले गायन यात्रालाई समेत निरन्तर अगाडि बढाउन खोजेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button