बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ

नुवाकोट । एक बालिकालाई बलात्कार गरेको आरोपमा लिखु गाउँपालिका–४ चौघडाका ६० वर्षीय कृष्ण पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवपुरी गापा घर भई हाल लिखु गापास्थित मामाघरमा आएकी बालिकालाई यही वैशाख ५ गते विभिन्न प्रलोभन देखाई बलात्कार गरेको आरोपको उजूरी जिल्ला प्रहरी कार्यालयमा आइतबार दर्ता भएपछि प्रहरीले पण्डितलाई पक्राउ गरेको प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए ।

अभियुक्तलाई आइतबार नै अदालतबाट १५ दिनको अनुसन्धानका लागि म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button